कास्कीः पोखरा महानगरपालिका–१० अमरसिंह चोकमा बिहीबार जिप र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङजाको बेलकाचौर–६ का ३७ वर्षीय केश बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।

ग ३ च ४१४ नम्बरको जिप र ग १३ प ११०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मणीपाल शिक्षण अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, १०:११