काठमाडौंः कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक टुरिस्ट बसपार्कमा शंकास्पद वस्तु विस्फोट भएको छ ।

बिहीबार बिहान राष्ट्र बैंक चोक नजिकै मुख्य निर्वाचन अधिकृतको कार्यालयनजिकै निर्माणाधीन बसपार्कभित्र विष्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

विस्फोट निर्वाचन अधिकृतको कार्यालयभन्दा १०० मिटर दूरीमा भएको प्रहरीले जनाएको छ ।

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज दलहरूले उम्मेदवार मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका रहेको छ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई उम्मेदवारी दर्ताका लागि कार्यालय पुगेको केही समयपछि विस्फोटको आवाज आएको थियो ।


। भट्टराईले उम्मेदवारी दर्ता गरिसकेकी छन् ।


प्रकाशित मितिः बिहीबार, कार्तिक २१, १२:०६