पोखरा: पोखरामा विधार्थी र प्रहरीबीच झडप हुँदा स्थिति नियन्त्रण गर्न प्रहरीले हवाई फायर गरेको छ । इन्धनको मुल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थी र प्रहरीबीच पोखराको पृथ्वी नारायण क्याम्पसमा झडप हुँदा प्रहरीले हवाई फायर गरेको हो  ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारले इन्धनको मूल्यबृद्धि फिर्ता लिन माग गर्दै गरेको विरोध प्रर्दशनले उग्र रुप लिएपछि प्रहरीले नियन्त्रणमा लिने प्रयास गर्दा झडप भएको हो  । नेविसंघका विद्यार्थी र प्रहरीबीच झडपका क्रममा प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ । भीडलाई तितरबितर पार्न प्रहरीले दर्जन बढी अश्रु ग्यास प्रहार गरेको छ  ।