पोखराः पोखरा महानगरपालिका–७ रत्नचोकमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ नागढुंगाका २२ वर्षीय फिन्जु लामा शेर्पा रहेको प्रहरीले जनाएको छ ।

शेर्पाले चलाएको ग १४ प ५२०५ नम्बरको मोटरसाइकल रत्नचोकमा रहेको प्रतिक्षालयमा ठोक्किँदा गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय वैदामले जनाएको छ ।

उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चालकले मदिरा पिएर मोटरसाइकल चलाएको पाइएको छ ।

 


प्रकाशित मितिः बिहीबार, असोज १६, ०९:५२