पोखराः पोखरामा आइतबार दिउँसो आएको हावाहुरी सहितको वर्षाले प्याराग्लाईडिङ फेवाताल र आसपासका क्षेत्रमा खसेका छन् ।

तालमा २ वटा, मालेपाटन, मेथलाङको डाँडा, बाराहीघाट नजिक ४ ओटा गरि ६ ओटा प्याराग्लाईडिङ खसेका हुन् ।

प्याराग्लाईडिङबाट खसेका सबैको सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।

पोखराको सराङकोटबाट आज १०० भन्दा बढी प्याराग्लाईडिङ उडेका थिए ।

पोखरामा एक्कासी आएको हावाहुरी सहितको पानीले सराङकोटबाट उडेका प्याराग्लाईडिङ खसेका हुन् ।