लुम्बिनी: रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ स्थित नौखनिया पोखरीमा डुबेर चारजना बालिकाको मृत्यु भएको छ ।

पौडी खेल्न पोखरीमा पसेकी एक बालिका डुबेपछि उनलाई जोगाउन पसेका अन्य तीन जना बालिकाको पनि पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक चारै बालिका एकै गाउँका हुन् ।

मृत्यु हुनेहरुमा लुम्बिनी सांस्कृतिक नगरपालिका–११ की १४ वर्षीया साहदिया खातुन, १० वर्षीया मोमिना खातुन, १० वर्षीया साहिमा खातुन र ९ वर्षीया आविदा खातुन रहेका छन् ।

एक गाउँका चार बालिकाको डुबेर मृत्यु भएपछि गाउँ शोकमग्न छ भने, मृतक बालिकाहरुलाई पोस्टमार्टमका लागि भैरहवाको भीम अस्पतालमा पुर्याइएको छ ।


फाइल फोटो