राजविराजः सप्तरीको सुरुङ्गा नगरपालिका– २ हर्दियास्थित पोखरीमा डुबेर आज बिहान सुरेन्द्रप्रसाद चौधरीकी दुई वर्षीया छोरी सोराकुमारीको मृत्यु भएको छ ।

सोरा खेल्दाखेल्दै घर नजिकैमा रहेको पोखरीमा डुबेको उद्धार गर्दा मृत्यु भैसकेको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।