काठमाडौंः नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
सोमबार साँझ गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
डिआइजी पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् । यसअघि सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्डएम) स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजी को दरबन्दी थप्ने निर्णय गरेको थियो ।
एआइजीमा सिफारिस भएका पोखरेल अहिलेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीपछि प्रहरीको नेतृत्वमा पुग्ने निश्चित भएको छ ।
। baduwa-aigp-janapad-2077-08-15
प्रकाशित मितिः २०७७ साल मंसिर १५ सोमबार, २०:४८
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook