काठमाडौंः युरो कप छनोटमा पोर्चुगलले शानदार जित निकालेको छ ।

सोमबार राति भएको खेलमा पोर्चुगलले लिथुवानियालाई ५–१ गोल अन्तरले हराएको हो ।

पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले चार र विलियन कार्भाल्होले एक गोल गरे । यस्तै, लिथुवानियाका लागि आन्द्रेयुसकेविसियसले एक गोल गरे ।

खेलको सातौं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा लिथुवानियाका आन्द्रेयुसकेविसियसले गोल गदैृ खेल बराबरी ल्याए । ६१ औं मिनेटमा रोनाल्डोले पुनः पोर्चुगललाई अग्रता दिलाए । ६५ औं मिनेटमा उनले ह्याट्रिक पुरा गरे ।

७६ औं मिनेटमा रोनाल्डोले पोर्चुगललाई ४–१ को स्थितीमा ल्याएका थिए ।


। दोस्रो हाफको ईन्जुरी समयमा कार्भाल्होले गोल गर्दै पोर्चुगललाई फराकिलो जित दिलाए ।

समुह बी को दोस्रो स्थानमा रहेको पोर्चुगलले ४ खेलबाट ८ अंक जोडेको छ । समुहमा एक अंक जोडेको लिथुवानिया तालिकाको पुछारमा छ ।

समुहमा युक्रेन ५ खेलबाट १३ अंक सहित शीर्ष स्थानमा छ । अर्को खेलमा लक्जेमवर्गलाई ३–१ ले हराउँदै सर्विया तेस्रो स्थानमा उक्लिएको छ ।

 


प्रकाशित मितिः बुधबार, भदौ २५, ०८:१५