काठमाडौंः महानगरीय अपराध महाशाखाको टोलीले पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही ओमसतिया गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे बस्ने ३३ वर्षीय शिव नारायण चौधरी रहेको महाशाखाले जनाएको छ ।

शिव नारायणले रुपन्देही जिल्लाका २ जना व्यक्तिहरुबाट उक्त रकम बैंक खातामा जम्मा गर्न लगाई अफर लेटर, भिषा लगायतका कागजातहरु नक्कली बनाई ठगी गरेको भन्ने पीडितहरुको उजुरीको आधारमा महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सुन्धाराबाट पक्राउ गरेको महाशाखाका सूचना अधिकारी प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।


उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उनले बताए ।


प्रकाशित मितिः २०७७ साल मंसिर १५ सोमबार, २०:३८