काठमाडौं: विश्वकप २०१८ अन्तर्गत समूह ‘बी ‘ अन्तर्गत जारी रहेको खेलको ५ मिनेटमै क्रिस्टियानो रोनाल्डोले गोल गरेका छन् । विश्वकप २०१८ मा उनको यो दोश्रो गोल हो । स्पेन सँग भएको पहिलो खेलमा उनले ह्याट्रिक गरेका थिए ।

लुझनिकी रंगशालामा जारी रहेको खेलमा पोर्चुगलले मोरोक्कोको विरुद्ध १-० गोल अन्तरले अग्रता लिएको छ  । पहिलो खेलमा स्पेनसँग बराबरी खेलेको पोर्चुगल  समूहको दोश्रो स्थानमा रहेको हुँदा अर्को चरणमा प्रवेश गर्न यस खेल निकै नै महत्वपूर्ण रहेको छ। पोर्चुगलले सन् २००२ यता गैर-युरोपियन राष्ट्रसँग विश्वकपमा हार बेहोरेको छैन।