काठमाडौंः अमेरिकी खेलाडी सोफिया केनिनलाई पराजित गर्दै पोल्याण्डकी इगा स्विटेकले महिलातर्फको फ्रेन्च ओपन टेनिसको उपाधि जितेकी छिन् ।

पेरिसमा शनिबार भएको फाइनलमा स्विटेकले चौंथो वरियताकी केनिनलाई ६–४ र ६–१ ले पराजित गर्दै उपाधि जितेकी हुन् ।

१९ वर्षीय स्विटेकको यो खेल जीवनकै पहिलो ग्राण्डस्लाम उपाधि हो ।

५४ औं वरीयताकी स्विटेक सन् १९७५ पछि महिलातर्फ फाइनल पुग्ने तल्लो वरीयताकी पहिलो खेलाडी समेत हुन् ।

पुरुषतर्फको उपाधिका लागि १३ पटकको च्याम्पियन राफेल नाडाल र नोभाक जोकोभिचबीच हुने छ ।


प्रकाशित मितिः शनिबार, असोज २४, २०७७, २१:२६