काठमाडौं: महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकामा मंगलबार साँझ खेलिरहेको अवस्थामा टाउकामाथि पोल भाँचिएर खस्दा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका-१, बगडा गाउँ बस्ने मोहनजी यादवका छोरा आठ वर्षीय सिकिन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घर नजिकै खेलिरहेको बेला पोलको माथिल्लो आधा भाग बालकको टाउकोमा झरी उनी गम्भीर घाइते भएका बालक यादवलाई तत्काल परिवारजनले उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा लगेका थिए उपचारका क्रममा उनको अस्पतालमै मृत्यु भएको हो ।