काठमाडौंः चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणमा स्वागतको लागि सडक छेउमा टाँसिएको पोष्टर च्यात्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उदयपुरका गोपाल सार्की र रौटहटका राजकुमार यादव रहेका छन् ।

तीनकुनेको पुलमा राखिएका पोष्टर च्यातेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मंगलबार गोपालले मादक पदार्थ सेवन गरेका बेला उक्त पोष्टर च्यातेको प्रहरीले जनाएको छ । त्यही च्यातेको पोष्टरलाई थप तानेर च्यात्ने राजकुमारलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु दुबैलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।


उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

 


प्रकाशित मितिः बिहिबार, असोज २३, १३:२९