झापाः बुद्धशान्ति गाउँपालिका–३ सयपत्री टोलस्थित एक पोखरीमा पौडी खेल्ने क्रममा डुबेका सोही ठाउँ बस्ने १४ वर्षीय सुजन चौहानको एपीएफ टोलीले बिहीबार सकुशल उद्वार गरेको छ ।

सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश टिमाईबाट तत्कालै खटिएको एपीएफ टोलीले उनलाई सकुशल उद्वार गरेको हो ।

त्यसबेला उनीसँगै पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सोही ठाउँ बस्ने १३ वर्षीय नितेश पौडेलको शव समेत फेला पारिएको छ ।

उद्वार पश्चात निज चौहानलाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी बुधबारेतर्फ पठाईएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १० गते शुक्रबार, १८:४७