काठमाडौंः नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आफूहरुले उठाएका मुद्दा सम्बोधन गर्न विरोधपत्र दर्ता गरेको छ ।

पौडेल समूहले विभाग गठन खारेज गर्नुपर्ने, समायोजन छिटो सक्नुपर्ने र केन्द्रले आफूखसी क्रियाशील सदस्यता बाँड्न नहुनेलगायतका मुद्दा उठाउँदै विरोपत्र दर्ता गरेको हो ।

केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सोमबार पार्टी केन्द्रीय कार्यालय पुगेर मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् २७ केन्द्रीय सदस्यको हस्ताक्षरसहितको विरोध पत्र दर्ता गरेका हुन् ।

उनीहरुले असोज १९ गते राखिएको केन्द्रीय समिति बैठकमा आफूहरुका माग न्यायपूर्ण र विधिसम्मत समाधान गर्ने तर्फ सभापतिले गम्भिरता र तदारुकता नदेखाए संघर्षका कार्यक्रम गर्न बाध्य हुने पनि उल्लेख गरेका छन् ।


यसअघि गत साउनमा पनि पौडेल र सिटौला समूहले देउवालाई लिखित भेटेरै ध्यानाकर्षणपत्र बुझाएका थिए ।

यस्तो छ विरोध पत्रः

ज्ञापन पत्र

प्रकाशित मितिः सोमबार, असोज १२, २०७७, १५:३९