प्युठानः सरुमारानी गाउँपालिका–६ मोतिपुरमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जिपमा आएका अर्घाखाचीको सितगंगा नगरपालिका–८ सातमाराका ४२ वर्षीय टेक बहादुर बुढा रहेका छन् ।

रा १ ज ८०९ नम्बरको स्कारपियो जिप अनियन्त्रित भई ना ४ ख ४७०४ नम्बरको स्कुल बसमा ठोक्किएर सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरी चौकी बड्डाँडाले जनाएको छ ।

घाइतेमध्ये जिप चालक प्युठानको सरुमारानी गाउँपालिका–२ दोभानका २३ वर्षीय दशरथ विश्वकर्मालाई थप उपचारको लागि बुटवलतर्फ पठाइएको छ । अन्य ८ जना घाइतेको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।



प्रकाशित मितिः २०७७ साल माघ २३ गते शुक्रबार, १५:४३