प्युठानः माण्डवी गाउँपालिका–३ लामाचौरस्थित शरद केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय सुरज कार्की लगायत १० जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

तास खेल्दै गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय प्युठान र प्रहरी चौकी देबिस्थानबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६८ हजार ४० रुपैयाँ र एक गड्डी तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १८ मंगलबार, १७:५१