प्युठानः माण्डबी गाउँपालिका–२ गोलबाङमा आज बिहान बस दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने बसमा चढेका अन्य ३ जना यात्रु भने गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा बस चालक ४० वर्षीय तारा राना रहेका छन् ।

प्युठानकै तिरामबाट दाङ तर्फ जादै गरेको ना ४ ख ५५६१ नम्बरको यात्रुबाहक बस सडकबाट अन्दाजी ७० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका माण्डवी गाउँपालिका–१ का ६६ वर्षीय गोकर्ण अधिकारी, ४५ वर्षीया लक्ष्मी खत्री र दाङको बंगालचुली गाउँपालिका की ३० वर्षीया वसन्ता वि.क. लाई उपचारको लागि जिल्ला अस्पताल विजुवार पठाइएको प्रहरी चौकी तिरामले जनाएको छ ।



प्रकाशित मितिः २०७७ साल कार्तिक ४ मंगलबार, १३:५१