काठमाडौंः नेपाली लोक गीत संगीतमा आफनो छुटटै पहिचान बनाउँदै आएका गायक प्रकाश दुतराज र गायिका रितु तामाङको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ‘फूल लाउथे शिरमा’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

गीतमा माया र प्रेमको प्रसङ्गलाई समेटिएको छ ।

प्रकाश दुतराजको शब्द तथा संगीत गीतमा रहेको छ ।

करण चौसिरको छायांकन, नविन धर्तिमगरको सम्पादन तथा प्रकाश दुतराजको निर्देशन भिडियोमा रहेको छ ।

गीतको भिडियोमा पार्वती सेती, दिप सागर, रितु तामाङको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल फागुन १ गते शनिबार, १४:०७