काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मालाई दश लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्न आउन नपरोस् भनेर चेतावनी दिएका छन् ।

आज काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले जनताका पीडा नबुझ्ने हो भने अब सिंहदरबार र बालुवाटार घेर्ने प्रचण्डले बताएका छन् ।

अध्यक्ष प्रचण्डले संवैधानिक निकायले विवेक प्रयोग गर्नेमा विश्वस्त रहेको बताउँदै भने, ‘केपीजीलाई हाम्रो अनुरोध छ, अर्को पटक फेरि १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न आउन नपरोस् ।’

प्रधानमन्त्री ओलीले लोकतन्त्रको हत्या गरेकोसमेत उनले बताए ।


। प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए ।

उनले निर्वाचन आयोगलाई ‘काइते’ कुराको पछि नलाग्न समेत आग्रह गरे ।

प्रचण्डले आजको उपस्थितिले अदालतलाई पनि सहज भएको टिप्पणी गरे । ‘यो उपस्थितिले अदालतलाई सहज भएको छ । संविधानको पक्षमा लोकतन्त्रको पक्षमा फैसला गर्न’ उनले भने ।

उनले ओली पक्षका मान्छेहरु लाम लागेर फर्किन लागेको समेत बताए । उनले भने, ‘दुई जना मन्त्रीसमेत फर्किने विषयमा मसँग कुरा भइरहेको छ ।’


प्रकाशित मितिः २०७७ साल माघ २८ गते बुधबार, १९:४६