काठमाडौंः प्रतिनिधिसभा विघटनपछि गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टबाहेकका प्रचण्डण्माधव समूहका ७ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

उनीहररुले सिंहदरबारमा रहेको विकास समितिको हलमा दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल पुस ५ गते आइतबार, १७:२३