काठमाडौंः गायक प्रताप दासको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । अमेरिका निवासी गीतकार गीतकार बालकृष्ण न्यौपानेको गीति एल्वम ‘बिहानीको सितल’ मा समावेश भएको ‘कम्मरमा पटुकी’ बोलको गीत भिडियो सहित सार्वजनिक भएको हो ।

सुनिल राईको संगीत रहेको गीतकार न्यौपानेको गीतमा प्रेम र प्रकृतिको कलात्मक संयोजन रहेको छ । ग्रामिण भेगकी सरल युवतीको सौन्दर्य बर्णन रहेको गीतलाई दिपक गिरीले छायांकन गरेका हुन् ।

दुर्गा धिमाल न्यौपाने निर्माता रहेको भिडियोलाई निर्देशक मुनाल शिशिरले निर्देशन गरेका हुन् भने कमल सिंह र नग्मा श्रेष्ठको अभिनय रहेको छ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको कम्मरमा पटुकीलाई अर्जुन पोखरेलले सम्पादन गरेका हुन् ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः आइतबार, साउन १८, २०७७, १९:००