काठमाडौंः गायक प्रताप दास र गायिका कबिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘गोधुली’ सार्वजनिक भएको छ । नव प्रतिभा ज्ञानीमाया तामाङ र हेरुका लामाको अभिनय रहेको गीत शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा ज्ञानीमाया र हेरुकाको रोमान्सलाई प्रस्तुत गरिएको छ । प्राकृतिक सौन्दर्य सहितको लोकेशनमा खिचिएको गीतमा नव प्रतिभा ज्ञानीमाया र हेरुका लाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।

राजेश कुमार श्रेष्ठको शब्द संगीतमा तयार भएको भिडियो गीतलाई भुईसल लामाले निर्माण गरेका हुन् । गीतमा दिनेश पाख्रिनको निर्देशन रहेको छ । अमूल कार्कीको एरेञ्ज रहेको गीतमा तारा थापाको सम्पादन र रामेश्वर हुमागाईको छायांकन रहेको छ ।


प्रताप दासले आफुले गायका गीतहरु मध्य उत्कृष्टको लिष्टमा गोधुली पर्ने बताएका छन् । नव प्रतिभा ज्ञानीमायाले तामाङ गीत संगीतसँगै नेपाली गीत संगीतमा पनि विस्तारै आफ्नो दायित्व बढाउने गरि भिडियोमा अभिनय गरेको बताएकी छन् । गीतमा दिक्षा पाख्रिनको कोरियोग्राफि रहेको छ । दर्जन बढि फिल्ममा अभिनय गरिसकेकी कलाकार भुईसाल लामाले भिडियो निर्माणसँगै विस्तारै फिल्म निर्माणको तयारी रहेको समेत बताएकी छन् । यस समूहले लगातार भिडियो निर्माण गरिने पनि बताइएको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल मंसिर २७ गते शनिबार, १२:११