काठमाडौंः आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । अघिल्लो बैठकजस्तै आजको बैठकमा पनि शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

बैठकमा सभामुख अग्‍नि सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १ को उपनियम १ बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यसअतिरिक्त संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको पनि सम्भावित कार्यक्रम सम्बन्धी सूचनामा उल्लेख छ ।

यादवको २०७७ माघ १ गते निधन भएको थियो ।


प्रकाशित मितिः २०७७ साल चैत ३ गते मंगलबार, ११:१३