काठमाडौंः आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।

सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि बैठक चौथो पटक बस्न लागेको हो ।

संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यक्रमको सूचीअनुसार आजको बैठकमा पनि महत्वपूर्ण बिजनेस छैन ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदनन–२०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक प्रतिवेदन–२०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय गरिएको छ ।

यसबाहेक नेपाली कांग्रेसका नेता २०५८ सालको राष्ट्रिय सभा सदस्य तथा संविधान सभा सदस्य अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव प्रस्तुत हुने कार्यक्रममात्रै रहेको छ ।



प्रकाशित मितिः २०७७ साल चैत ६ गते शुक्रबार, १०:३४