काठमाडौंः आर्थिक वर्ष २०७५/०७६ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथी छलफल लागि आज पनि बैठक बस्ने भएको छ ।

संघीय संसद् सचिवालयले छलफललाई आज सक्ने तयारी गरेको छ। छलफलको अन्त्यमा विभागीय मन्त्रीले जवाफ दिनेछन्।

छलफलमा भाग लिन नाम लेखाउने सांसदमध्ये अझै ३० भन्दा बढीले बोल्न बाँकी रहेको संसद् सचिवालयले जनाएको छ। छलफलको क्रम सकिएपछि अर्थमन्त्रीले जवाफ दिनेछन्। मन्त्रीको जवाफसँगै छलफल सकिनेछ।

वैशाख २६ मा अर्थमन्त्री डा. युवराज खतिवडाले पेस गरेको सिद्धान्त र प्राथमिकतामा दुई दिन छलफल भइसकेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका कारण छलफल दुई दिन स्थगित भएको थियो।