काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताएका छन् ।
आज अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले केही मानिसहरू प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भयो भनेर कराइरहेको टिप्पणी गर्दै ती कराउने मान्छेहरु संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी मान्छेहरु भएको बताएका हुन् ।
बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने र अस्थिरता ल्याउन खोजेको खोजेकाले ताजा जनादेशमा जानु परेको उनले बताए ।‘
उनले स्थिरताका लागि चुनावमा जाने निर्णय गरिएको पनि दाबी गरेका छन् ।
।
उनले निर्वाचनबाट देशका अहितमा काम गर्नेलाई ठेगान लगाउन आग्रह गरे ।
प्रकाशित मितिः २०७७ साल माघ ११ गते आइतबार, १६:३२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook