काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण आन्दोलनका लागि अपिल गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति निकालेर जनतालाई दुःख नदिने गरी शान्तिपूर्ण आन्दोलन गर्न अपिल गरेका छन् ।

उनले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ुनेकपाको सरकार बनेपछि जनविरोधी कदम र प्रवृत्ति विरुद्ध नेपाली कांग्रेस संसद् र सडक दुवै ठाउँमा शालीन ढंगले प्रस्तुत हुँदै आयो । अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं । संसद् विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरी बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न हामी दृढ छौं ।


। विघटनविरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपिलसमेत गर्न चाहन्छौं ।ु

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले शनिबार पनि प्रदर्शन गर्दैछ । कांग्रेसले शनिबार शुभेच्छुक संस्थाहरुको प्रदर्शन गर्ने र फागुन ३ गते ७७ जिल्लामै नेपाली कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकसाथ प्रदर्शन गर्ने पनि उनले जानकारी दिएका छन् ।

विज्ञप्ति हेर्नुस्:

 


प्रकाशित मितिः २०७७ साल माघ २३ गते शुक्रबार, १८:१०