काठमाडौंः कांग्रेस सांसद प्रकाशमान सिंहले जनअपेक्षाअनुसार बजेट नआएको बताएका छन् । बजेटमाथिको छलफलका क्रममा सांसद सिंहले बहुमतको सरकारले ल्याएको प्रतिपक्षले त विरोध गरे तर आम जनताले के पायो त भन्दै प्रश्न समेत गरेका छन् ।

सांसदलाई दिइने भनिएको चार करोड रकमको विरोध गर्नु जरुरी नभएको बताए भन्दै सिंहले अर्थिक बर्ष २०७५/७६ यो बजेटले राज्य नियन्त्रित देखिएको छ र सरकारमा भएकाहरुले राम्रो भन्दैमा बजेटको प्रशंसा गर्नुपर्ने बाध्यता नभएको बताए ।

सिंहले भने, बजेट जनबादी केन्द्रीयतामा आधारित हो की भन्ने शंका छ । खुल्ला अर्थनीतिलाई नियन्त्रण गरेको हो कि त भन्ने भान सार्वसाधारणले गरेका छन् यसमा अर्थमन्त्रीले कसरी यसलाई लिन सक्नुहुन्छ ? नेपालमा लगानी गर्न आउने बाटो कसरी खुल्ला गरिएको छ त ?

‘संघीयता कार्यन्वयन गर्नुपर्नेमा बजेट केन्द्रीकृत गर्न खोजिएको छ यसले कस्तो प्रभाव पार्ला यो सरकारले के गर्न खोजेको ? सत्तारुढको कन्ट्रोलमा राख्न बजेट ल्याइएको जस्तो देखिन्छ यसले राम्रो गर्दैन’ सिंहले भने ।


। उनले सांसदको काम नीति निर्माण गर्नेमात्रै नभएर विकास पनि भएकाले उल्लेख समेत गरेका छन् ।