रुपन्देही:  प्रदेश नं ५ मा आज बसेको प्रदेश सभा बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले सहभागीता जनाएको छैन ।

प्रमुख प्रतिपक्ष रहेको कांग्रसले विरोध जनाउँदै बैठक बहिस्कार गरेपनि सत्तापक्षले भने विरोधका बाबजुत बैठक सुरू गरेका हुन् ।

वजेट एकपक्षीय र असन्तुलित भएको भन्दै असन्तुष्टी जनाउंदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको उपस्थितिविनै प्रदेश ५ को प्रदेश सभा वैठक शुरु भएको जनाइएको छ ।

यसअघि मुख्यमन्त्री शंकर पोखरेल र कांग्रेस संसदीय दलका नेता पोखरेलबीच बजेटबारे छलफल भएपनि सहमति हुन सकेन । विनियोजित बजेटमा भएको सहमति कार्यान्वयन हुनपर्ने कांग्रेसले बताएको छ।