काठमाडौं: दक्षिण अफ्रीका विरुद्ध भएको टेस्ट खेलमा बल तेम्परिंग गरेको आरोपमा अस्ट्रेलियन पूर्व कप्तान स्टेभन स्मिथलाई अस्ट्रेलियन क्रिकेट बोर्डले १२ महिनाको लागि प्रतिबन्ध लगाएको थियो  । १२ महिना प्रतिबन्धमा परेका स्मिथले ग्लोबल टि- ट्वान्टी क्यानाडा लिग क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । विदेशी राष्ट्रको घरेलु प्रतियोगितामा भने खेल्न पाउने भएको भन्दै उनी क्यानाडाको घरेलु लिगमा मार्की खेलाडी चुनिएको आईसीसीले उल्लेख गरेको छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को राजस्थान रोयल्स क्लबबाट भने स्मिथले राजीनामा दिएका थिए । प्रतियोगिता २५ जुनदेखि १५ जुलाईसम्म मेपल लिएफ क्रिकेट क्लबमा हुने छ ।


। प्रतियोगितामा ६ टिमले २२ खेल खेल्ने छन् । खेलाडीको ड्राफ मे ३० मा सार्वजनिक गर्नेे आयोजकले बताएको आईसीसीले उल्लेख गरेको छ ।