झापाः बिर्तामोड नगरपालिका–२ फुलबारी टोल स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित चार जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सोही स्थानका ३१ वर्षीय संजय कुमार राजबंशी, २५ वर्षीय मोहन कुमार ओली, २४ वर्षीय दयालाल राजबंशी र २० वर्षीय अरुण कुमार राजबंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरुलाई मंगलबार अपरान्ह प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये मोहन कुमार ओलीको घरमा लागुऔषध खरिद बिक्री भईरहेको भन्ने बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई ५ ग्राम ७०० मिलीग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको झापा प्रहरीका सूचना अधिकारी/प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।


पक्राउ परेका चारै जना माथि इलाका प्रहरी कार्यालय अनारमनीबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २६ बुधबार, १२:०९