झापाः शिवसताक्षी नगरपालिका–६ हवल्दार चौकबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–४ बस्ने २६ वर्षीय श्याम मर्डी र सोही ठाउँका ३५ वर्षीय गंगाराम कायस्थ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो उनीहरुलाई २३ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

मे ५ प ५०३२ नम्बरको मोटरसाइकलमा आएका उनीहरुलाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त परिणामको प्रतिबन्धित लागुऔषध ब्राउनसुगर, मोबाईल २ थान र नगद १ लाख ८४ हजार रुपैयाँ बरामद भएको झापा प्रहरीका सूचना अधिकारी प्रबक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।


लागुऔषध सहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागी इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको उनले बताए ।


प्रकाशित मितिः २०७७ साल मंसिर १५ सोमबार, ०७:५४