झापाः भद्रपुर नगरपालिका–२ देउनिया पुलबाट शुक्रबार राति प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–१० बस्ने १९ वर्षीय आजम दाहाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

देउनिया पुलस्थितमा खटिएको शसस्त्र प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा दाहालको साथबाट लागूऔषध डाईजेपाम ९५ एम्पुल, लुपिजेसिक ९६ एम्पुल र फेनरागन ९५ एम्पुल गरी जम्मा २८५ एम्पुल बरामद गरी पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी/प्रबक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

बरामद गरिएको लागूऔषध सहित उनलाई नियन्त्रणमा लिई सिमा प्रहरी चौकी पृथ्बीनगरमा बुझाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको जिल्ला प्रहरी कार्यालय झापामा राखिएको उनले बताए ।



प्रकाशित मितिः शनिबार, असोज २४, २०७७, १२:१७