काठमाडौंः प्रजातान्त्रिक स्वतन्त्र विद्यार्थी युनियन सगरमाथा इन्जिनिङ कलेजको आयोजनामा प्रथम किसुनजि फुटसल कप सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका नेता एवं पुर्व उद्योग मन्त्री नबिन्द्रराज जोशीले फुटबल हानेर गरेका हुन् ।

उपत्यका भित्र रहेका विभिन्न २८ वटा टिम सहभागी रहेको र सम्पूर्ण खेलहरु काठमाडौंको कोटेश्वर स्थित हार्दिक फुटसल क्लबमा हुने भएका छन्।

प्रतियोगिता बाट उठेको सम्पूर्ण रकम सडक बालबालिकाको शिक्षामा खर्च गरिने भएको हो ।

उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई ट्रफी,नगद रु ४० हजार र दोस्रो हुने टिमलाई ३० हजार सहित मेडल र प्रमाणपत्र दिइने स्ववियु सचिव बिनोद दनाइले नेपाल तारालाई जानकारी दिएका छन्।