प्रदर्शनमा ५५ जना प्यालेस्टिनीको मृत्यु, सयौं घाइते







प्यालेस्टाइनः प्यालेस्टाइनको गाजा क्षेत्रमा भएको प्रदर्शनका क्रममा ५५ जना प्यालेस्टानीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।

अमेरिकाले आफ्नो दूतावास जेरुसेलममा सारेको विरोधका साथै इजरायलद्वारा सीमाक्षेत्रमा गरेको हस्तक्षेपका विरुद्ध प्यालेस्टिनीहरुले प्रदर्शन गरेको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।

सञ्चार माध्यमका अनुसार, प्रदर्शनका क्रममा प्रदर्शनकारी र इजरायली सेनाबीच झडप भएको थियो। प्यालेष्टिनी प्रदर्शनकारीहरुले आवेगमा सिमाना छुट्याउनका लागि लगाइएको काँडेतार काटेर फालिदिएका छन्।

गत मार्च ३० देखि निरन्तर प्रदर्शन गर्दै


आइरहेका प्रदर्शनकारीहरुको एउटा ठूलो समूहले सोमबार प्रदर्शन गरेको हो।

काँडेतार काटेर फालिदिएका छन्। गत मार्च ३० देखि निरन्तर प्रदर्शन गर्दै आइरहेका प्रदर्शनकारीहरुको एउटा ठूलो समूहले सोमबार पनि प्रदर्शन गरेको हो।

इजरायली अधिकारीका अनुसार सीमा क्षेत्रमा निर्माण गरिएका सुरक्षा किल्लामा ४० हजार बढिले हिंसात्मक प्रदर्शन गरिरहेका छन्।

थप क्षति हुन नदिन संयमता अपनाउन यूरोपेली यूनियनका विदेश नीति प्रमुख फेडेरिका मोगेरिनीले इजरायल तथा प्यालेष्टिनी पक्षसँग आग्रह गरेको सञ्चार माध्यमले जनाएका छन् ।




ताजा समाचार


विशेष समाचार