काठमाडौंः देशभरका २६ विभिन्न अस्पताल र उद्योग प्रतिष्ठान वातावरण प्रदूषण गरेबापत कारबाहीमा परेको समाचार आजको गोरखापत्रले तेस्रो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, वातावरण विभागले ती अस्पताल र उद्योग प्रतिष्ठानलाई कारबाही गरेको हो ।

रोग नियन्त्रण गर्ने निकाय नै वातावरण प्रदूषण गर्न सक्रिय रहेको वातावरण विभागको तथ्याङ्कले देखाउँछ । २६ मध्ये १२ वटा अस्पताल वातावरण प्रदूषण गरेबापत कारबाहीमा परेका हुन् । सरकारले तोकेको मापदण्डविपरीत धुलो, धुवाँ र अन्य प्रदूषण उत्पादन गरेबापत ती उद्योग प्रतिष्ठान कारबाहीमा परेको वातावरण निरीक्षक गोविन्द लामिछानेले जानकारी दिए ।


कारबाहीमा परेकामध्ये पनि काठमाडौंमै रहेका अस्पताल धेरै छन् । त्यस्तै दुईवटा क्रसर उद्योग कारबाहीमा परेका छन् । अस्पतालहरुले मानव स्वास्थ्यलाई हानि पुर्‍याउने फोहोरको उपचार नै नगरी जथाभावी फालेको भेटिएको लामिछानेले


प्रकाशित मितिः शनिबार, कार्तिक २३, ०७:३१