विराटनगर, २५ जेठ: प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रदेशसभा १ मा संबोधन गर्दैछन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा सभामुख प्रदीप भण्डारीले शनिबार प्रधानमन्त्री ओलीले शनिबार ११ बजे संबोधन गर्ने जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रदेशसभा बैठकलाई भने प्रतिपक्ष नेपाली काग्रेसले अबरोध गर्ने तयारी गरेका छन् । कांग्रेस संसदीय दलका सचेतक केदार कार्कीले प्रधानमन्त्रीले संबोधन गर्ने बैठक अवरोध गर्ने तयारी भएको बताए । उनले भने ‘प्रधानमन्त्रीको विशेष सम्बोधनको कुरामा हाम्रो विमती छ, प्रधानमन्त्रीको सम्बोधनका क्रममा प्रतिपक्षले संसदमा उठेर विरोध जनाउने छ ।


।’

उनले तरुण दलका सुनसरी सभापति सिजन गुरुङलाई प्रहरीले म्याद थप गरेको विषयमा विरोध जनाउँदै संसद अवरोध गर्ने बताए ।

उनले आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले म्याद थप नगर्ने भनेर संदनलाई जानकारी गराए पनि प्रहरीले म्याद थप गर्नुले प्रदेशसभाकै खिल्ली उडेको बताए । ‘मन्त्रीज्यूले संसदमा म्याद थप नगर्ने भनेको भोलिपल्टै गुरुङलाई प्रहरीले म्याद थप गर्ने कार्यले गरिमामय संदनको समेत खिल्ली उडाउने काम भएको छ’ कार्कीले भने ।