आइतबार शान्तिसुरक्षा र विपत व्यवस्थापनलगायत विषयमा छलफल गर्न प्रदेश नम्बर ४ स्तरीय एकदिने सुरक्षा गोष्ठी आइतबार सुरु भएको छ । राज्य पुनर्संरचनापछि गृह मन्त्रालयद्वारा आयोजित पहिलो गोष्ठीको गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गरे ।

गोष्ठीमा जिल्लाका सुरक्षा प्रमुखले आ–आफ्नो जिल्लाको सुरक्षा व्यवस्था जानकारी गराउने कार्यक्रम छ । देश संघीयतामा गएसँगै केन्द्र र प्रदेश र स्थानीय तहको सुरक्षामा कसरी एकरुपता ल्याउने, सिण्डिकेट अन्त्यपछिको व्यवस्थापन कसरी गर्ने, मौसमी सुरक्षा व्यवस्था र विपद् व्यवस्थापन लगायतका विषयमा गोष्ठीमा छलफल गरिनेछ ।

कार्यक्रमा सुरक्षा गृह सचिव प्रेम कुमार राई, प्रदेश ४ का आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान, प्रहरी महानिर्देशक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिर्देशक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका दीलिप राज रेग्मी, प्रदेश ४ का प्रदेश मुख्य सचिव लक्ष्मण अर्याल लगायतको सहभागिता रहेको छ।


गोष्ठीमा प्रदेश ४ का ११ जिल्लाका सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारी गरी करिब १ सय जनाको सहभागिता रहेको छ।