धनुषाः प्रदेश नं २ को प्रदेश सरकारले प्रहरी ऐन मन्त्री परिषद्बाट स्वीकृत भएको छ।

मन्त्रिपरिषद्बाट ऐन पारित भएपछि प्रदेश प्रहरी सम्वन्धी विधेयक प्रदेशसभामा पेश हुने बाटो खुलेको छ।

केन्द्रबाट आएका सुरक्षा विज्ञ र स्थानीय सुरक्षा विज्ञको टोलीबीच विभिन्न चरणमा छलफल गरी प्रदेश प्रहरी ऐन निर्माण गरी विहीबार मन्त्रिपरिषद्बाट स्वीकृत भएको हो ।

उक्त ऐन प्रदेशसभाबाट पास हुनेबित्तिकै प्रदेश सरकारले आफ्नै प्रहरी भर्ना गर्ने बाटो खुल्नेछ। ऐन एक दुई दिनभित्रै प्रदेशसभामा पेश हुने मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।