पोखराः प्रदेश नंम्बर ४ को नाम गण्डकी प्रदेश रहने भएको छ ।

प्रदेश राजधानी पोखरामा बसेको प्रदेशसभाको शुक्रबारको बैठकले प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको हो ।

५६ सांसद्‌मध्ये नेकपा, कांग्रेस र जनमोर्चा गरी ५४ सांसदले पक्षमा र नयाँ शक्ति पार्टीका २ सांसद्ले विपक्षमा मत हालेका थिए।