नेपाली काङग्रेसले प्रदेश नम्बर ७ को स्थायी राजधानी दिपायल तोक्न प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको छ ।

नेपाली काँग्रेसका प्रदेशसभा सदस्य भरत बहादुर खड्काले प्रदेशको नामाकरण र राजधानी तोकियोस भन्ने प्रस्ताव दर्ता गराएका हुन । खड्काले दर्ता गराएको प्रस्तावमा ‘नेपालको संविधानको धारा २८८ को उपधारा २ वमोजिम प्रदेशको नामाकरण र राजधानी तोक्न आवश्यक भएकाले उक्त राजधानी ऐतिहासिक, दीर्घकालीन महत्व, सन्तुलित विकास, भौगोलिक र समारिक दृष्टिकोणका साथै औचित्यको आधारमा तोकियोस’ भनि उल्लेख गरिएको छ ।

प्रदेश ७ को स्थायी राजधानी कैलालीको अत्तरियामा तोक्ने हल्ला चलेका बेला डोटी एक बाट निर्वाचित प्रदेश सभा सदस्य खड्काले प्रस्ताव दर्ता गराएका छन।


। दिपायलमा राजधानी हुनुपर्ने माग गर्दै भएको आन्दोलनका समर्थक पनि हुन् ।

उनले दर्ता गराएको प्रस्तावमा कांग्रेंसका प्रदेश सभा सदस्य कर्णबहादुर मल्ल र डिल्लीराज पन्तले समर्थन जनाएका छन ।

संविधानले कुनै पनि प्रदेश सभा सदस्यले दर्ता गराएको प्रस्तावमाथि छलफल गराउने वा नगराउने अधिकार सभामुखलाई दिएकोले सभामुखकै आदेश अनुसार थप कुरा अगाडी बढ्ने छ ।