काठमाडौंः सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको हो।

मुख्यमन्त्री राउतले जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन इन अमेरिका नामक कार्यक्रममा भाग लिन जान पाऊँ भनी सरकारसक्ष अनुमति मागेका थिए।

प्रदेशस्तरमा कानुन, बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्न बाँकी रहेको र त्यसका लागि मुख्यमन्त्री आवश्यक पर्ने भन्दै मन्त्रिपरिषद् बैठकले राउतको भ्रमण रोकेको हो।

राउतले गैरसरकारी संस्थाको निम्तोमा अमेरिका जान गरेको प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले रोकेको सरकारका प्रवक्ता तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताए।


नागरिक दैनिकमा समाचार प्रकाशित छ ।