विराटनगरः प्रदेश १ मा आज सोमबारसम्म ६ हजार ३७७ जनामा कोरोना परीक्षण भएको छ । प्रदेश सरकारले द्रुत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए नभएको धमाधम परीक्षण गरिरहेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार द्रूत परीक्षण विधि (आरडिटी) बाट ५ हजार ८९ जना र ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण विधि (पीसीआर) बाट १ हजार २८८ जना गरी कूल ६ हजार ३७७ जनाको परीक्षण गरेको हो । यसमध्ये प्रदेश १ मा ३१ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

यस्तै, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या बिहीबारसम्म कूल २ हजार ३ सय ३७ जना पुगेको छ ।


। ३० जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३९ जना छन् । होम क्वारेन्टाइनमा जम्मा ६ हजार १ सय ९९ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।


प्रकाशित मितिः बिहीबार, वैशाख १८, १८:०१