विराटनगरः प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आज प्रदेशसभा बैठकमा प्रस्तुत गरेको वार्षिक आय व्यय विवरणमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार अर्थात ४६ दशमलव २९ प्रतिशत विनियोजन गरिएको छ ।

त्यस्तै पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात ५३ दशमलव ७१ प्रतिशत, वित्तीय व्यवस्थातर्फ ४ करोड रुपैयाँ र अन्तर सरकारी वित्त हस्तान्तरणका लागि २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षको खर्च व्यवस्थापन आन्तरिक स्रोत ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजश्व बाँडफाँटबाट रु।


। १० अर्ब ३ करोड ५४ लाख, अनुदानबाट रु। १५ अर्ब ११ करोड ३८ लाखले बोहोरिने मन्त्री आङ्बोले जनाएका छन् । सरकारको नगद मौज्दात ६ अर्ब रहने अनुमान गरिएको छ ।

यस्तो छ, बजेटको पूर्णपाठ:

Budget speech MOEAP 1-merged

प्रकाशित मितिः सोमबार, असार १, २०७७, २१:२५