धनुषाः प्रदेश २ सरकारले भोलि आइतबार सार्वजनिक बिदाको घोषणा गरेको छ ।

कार्तिक २४ गते मुस्लिम धर्मावलम्बीहरुको विशेष दिन अर्थात् पैगम्बर मोहम्मदको जन्म दिन परेकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

मुस्लिम धर्मावलम्बीका धर्म प्रवर्द्धक हजरत मोहम्मद पैगम्बरको १४३९ औं जन्मजयन्तीका अवसरमा प्रदेश, देश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दै बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

‘जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने यस पर्वले हामी सबैमा सुशासनसहितको समाजिक विकासमार्फत समृद्ध प्रदेश स्थापना गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु’, आन्तिरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।



प्रकाशित मितिः शनिबार, कार्तिक २३, ०८:४६