जनकपुरः प्रदेश–२ स्तरीय महिला तथा पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ ।
प्रदेश क्रिकेट संघ–२ ले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेलाडी छनोटका लागि प्रदेश स्तरीय प्रतियोगिता हुने भएको हो ।
प्रदेश–२ क्रिकेट संघले आज बसेको बैठकले छनोटका लागि प्रतियोगिता संचालन गर्ने निर्णय गरिएको जनाएको छ ।
प्रदेश संघले सप्तरी जिल्ला क्रिकेट संघलाई महिलाको प्रतियोगिता गर्न र बन्द प्रशिक्षणको जिम्मेवारी दिएको छ भने पुरुषतर्फ बारा जिल्ला क्रिकेट संघलाई ४ जिल्ला (बारा, पर्सा, सर्लाही र रौतहट) को प्रतियोगिता लिगको आधारमा संचालन गर्ने तथा बन्द प्रशिक्षणको जिम्मेवारी दिएको छ ।
।
त्यस्तै धनुषा जिल्ला क्रिकेट संघलाई ४ जिल्ला (धनुषा, महोतरी, सिराहा र सप्तरी) को प्रतियोगिता संचालन गर्नुको साथै सेमिफाईनल र फाईनल खेल संचालनको जिम्मेवारी दिएको छ ।
बैठकले प्रतियोगिताको तालिका र मिति भने आइतबार बस्ने बैठकबाट पारित गर्ने निर्णय गरेको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर २० शनिबार, १३:१९
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook