हेटौंडाः प्रदेश ३ का प्रदेश सदस्यलाई प्रदेश सभामा सचिवालयले लोगोको व्यवस्था गरेको छ ।

प्रदेश सभाका सबै सदस्यलाई प्रदेश सभा सचिवालयले लोगो वितरण गरेको हो ।

प्रदेश सभा सदस्यले प्रदेश सभा बैठकमा पहिचान र परिचयविहीन भएको भन्दै प्रश्न गुनासो गरेपछि प्रदेश सभा सचिवालयले लोगोको व्यवस्था गरेको हो । लोगोमा प्रदेश ३ को सम्पदा स्वयम्भू, पशुपतिनाथसहित लाङटाङ निकुञ्जमा पाइने रेडपाण्डा र गैँडा को चित्र अङ्कित गरिएको छ ।

उक्त लोगोमा नेपालको नक्सा र लोगोको घेरामा समृद्धिको प्रतीक धानको बाला राखिएको छ ।