काठमाडौंः प्रदेश ४ को प्रदेशसभा बैठक अवरुद्ध भएको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभाको नामसम्वन्धी प्रतिवेदनमाथि छलफलको माग गर्दै बैठक अवरुद्ध गरेको हो ।

आइतबारको प्रदेशसभा बैठक सुरु हुनासाथ कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले नाम नटुंग्याएसम्म सदन चल्न नदिने बताए । कांग्रेस सांसदहरुको नाराबाजीपछि बैठक स्थगित गरिएको छ ।

बजेट आउनुअघि नै प्रदेशको नामबारे टुंगो लगाउनु पर्ने कांग्रेसले माग गर्दै आएको छ ।

नामाकंन तथा प्रदेश राजधानी सुझाव संकलन गर्न १२ चैतमा गठन गरिएको थियो । उक्त समितिले जेठ २१ गतेको बैठकमा उपयुक्त नामलाई प्राथमिकीकरण गरी प्रदेशसभामा प्रतिवेदन बुझाएको छ ।


२ बजेका लागि डाकिएको बैठक सहमति जुट्न नसकेपछि पौने ५ बजेमात्रै सुरु भएको थियो ।